काठमाडौं । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना सङ्क्रमण नियन्त्रणमासबैक्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो । पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ । औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ ।
यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना रोग सङ्क्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८