

काठमाडौं । गायिका सोनाअमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ । सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक सार्वजनिक भएको हो ।
गीतको भिडियो सार्वजनिक कार्यक्रममा उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमागरिएको थियो । दीपकशर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगमपोखरेलको स्वर रहेको छ ।
एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’एल्बमअन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकीहुन् । उनले आउँदो दिनमायसकागीतहरुलाई सार्वजानिकगर्दै जाने र एल्बममा संग्रहितगर्ने समेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छुँ’ उनले भनिन् । गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेकाथिए ।
उनिसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनिकामगर्न निकै सहजभएको बताए । उनले पहिलो सहकार्य भएतापनिनयाँ जस्तो नलागेको प्रतिक्रियादिए । ‘भिडियोको रिहल्सलमा केहि नर्भस थिए यद्दपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्तभईसकेको थिए ।
हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँगकामगर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमामायानिस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमाजोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन ।
‘गायन र नृत्यसँगै अभिनयपनि छ । यो सम्पूर्ण टीमको कारण सम्भवभएको हो’ सोनाले भने । शशीविक्रमथापासँग संगीतको औपचारिक शिक्षालिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनिगरिन् ।
‘उहाँले गायन र अभिनयमार्फत आफ्नो कामलाई न्यायगर्नु भएको छ । आउँदादिनमाअझै सफलताको शुभकामना’ राणाले भनिन् । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनिअभिनय रहेको छ ।
गीतमा माया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , नविन निरौलाको कलर र सम्पादन , दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ ।
सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइलफोन दिइने घोषणा गरिएको छ ।
यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिकहुने नयाँ गीतको कार्यक्रममा गरिने बताइएको छ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।
मल्टिमिडियाबाट थप समाचार
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
‘मेरी बास्सै’का बडाकाजी फेरीए
‘महापुरुष’ को दश दिनको कमाई ६ करोड
बलभद्र कुँवरले लडेको युद्धमा आधारित चलचित्र नालापानी प्रदर्शनमा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७