TRENDING

राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त हुनु भएको छ । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुनुहुन्छ ।

यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।