TRENDING

छुट्ला है नेपाल बैंकको ४ लाख ६८ हजार कित्ता शेयर ! कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । मंगलवारदेखि उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला भएको हो ।

उक्त शेयरमा चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । प्रतिकित्ता रू. १ हजार ५०२ दशमलव ५० तोकिएको छ । उक्त शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी बैंकले दिएको छ ।

नेपाल बैंक