TRENDING

फेरि साढे १४ लाख कित्ता आईपीओ निष्काशन हुँदै

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले १४ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुक विल्डिङ मार्फत उक्त आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई जिम्मेवारी दिएको हो । सम्झौतापत्रमा रिलायन्स स्पिनिङ्गको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो मिल्स वि. सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो ।

आईपीओ