TRENDING

केयुकेएलले पानी प्रशोधन केन्द्र बनाउँदै

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी रहेको र त्यसबीचमा बस्ती रहेको थियो । बीचका बस्तीमा पानी प्रशोधन नभइ पठाइएकाले सबैतिर प्रशोधन भएको पानी दिनका लागि स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन लागिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउनका लागि अध्ययन अघि बढाइएको छ । उहाँले भन्नुभयो, “पहिले अध्ययन भएपछि नै योजना बनाएर निर्माणमा जान सकिन्छ ।”लिमिटेडले उपत्यकामा रहेका ३५ स्रोतको पानी वितरण केन्द्रमार्फत वितरण गर्दै आएको छ । प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

अहिलेसम्म टोखा र बूढानीलकण्ठ नगरपालिकाले केन्द्रका लागि जग्गा दिने सहमति भएका छन् । अन्य नगरपालिकासँग पनि यसका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ स्रोत पहिचान गर्न र भएका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन दुबैका लागि स्थानीय तहसँग नै सहकार्य भइरहेको छ ।”

काठमाडौँ उपत्यकामा वितरण गर्नका लागि मेलम्ची खोलाको पानी ल्याउने तयारी भइरहँदा लिमिटेडले भइरहेका स्रोतको पनि व्यवस्थापनको काम अघि बढाइरहेको छ । लिमिटेडले उपत्यकामा नै विभिन्न स्थानमा रहेका स्रोतको पानी समेत ल्याउनका लागि समन्वय अघि बढाएको छ । लिमिटेडले मेलम्चीको पानी आउनासाथ वितरणका लागि पनि आवश्यक तयारी गरिरहेको छ । । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा दान गर्नुभएको छ ।

भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा पाँच धुर जग्गा दान गर्नुभएको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो ।

आफ्नै कार्यालय भवनको अभावमा विभिन्न समस्या हुने गरेको तथा नगरवासीको सेवा प्रवाहमा समेत अवरोध खडा हुने गरेको कुरालाई देखेर नगरप्रमुख साहको विशेष अनुरोधमा मनकारी पाण्डेले भङ्गहा बजार क्षेत्र नजिकै रहेको सो जग्गा दान गर्नुभएको हो । त्यस क्षेत्रमा धुरको रु एकदेखि दुई लाखसम्ममा जग्गा किनबेच हुने गरेको छ ।

नगरप्रमुख साहले जग्गादातालाई विशेष धन्यवाद दिदैं सो जग्गामा कार्यालय भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोे बताउनुभयो ।

यसैबीच बर्दिवास नगरपालिकाले गत आर्थिक वर्षमा करीब रु १६ करोड सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार आव २०७६/७७ मा बर्दिवास नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई नगरपालिकाबाट रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको हो ।

बर्दिवास नगरपालिकामा बसोबास गर्दै आएका दुई हजार ६०६ ज्येष्ठ नागरिकलाई रु नौ करोड ८० लाख ६००, एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार, ५४६ अपाङ्गता भएका व्यक्तिलाई रु एक करोड २४ लाख १८ हजार ४०० र चार हजार ७२६ बालबालिकालाई रु दुई करोड १२ लाख ३६ हजार सामाजिक सुरक्षावापत वितरण गरिएको बर्दिवास नगरपालिकाका प्रशासन शाखा प्रमुख चन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण व्यक्तिलाई यसअघि घरमा भत्ता वितरण गर्दै आएकामा अहिले बैंकमार्फत भुक्तानी गरिएको बताउनुभयो ।