काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताउनुभयो ।
“सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता डा भट्टराईले भन्नुभयो ।
निर्वाचन आयोगले तयारीका लागि १२० दिन चाहिने भनेकामा त्यसभन्दा बढी समय दिएर घोषणा गरिएकाले पनि समय पुग्दैन भन्ने प्रश्न नै नआउने डा भट्टराईको विचार थियो । बेलायत, भारतलगायत संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीले चुनावको सिफारिस गर्दा जायज हुने तर नेपालमा नहुने होइन भन्दै उहाँले अहिलेको परिस्थितिमा चुनावको विकल्प नरहेको स्पष्ट र्नुभयो ।
नेपालको मूलधारका कम्युनिष्ट पार्टीको आन्दोलन रुस, चीन कसैका पनि पक्षमा नलागी नेपालकै परिवेशका आधारमा अघि बढेकाले हालै आएको चिनियाँ पक्षबाट यहाँको राजनीति प्रभावित नहुने उहाँको भनाइ थियो । चिनियाँ पक्ष निर्णय लाद्न नभई यहाँको परिस्थिति बुझ्न मात्र आएको डा भट्टराईले बताउनुभयो ।
केही संवैधानिक विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसलाई प्रभावित बनाउने गरी कसैले पनि गतिविधि गर्न नहुने उहाँको आग्रह थियो । जिम्मेवार नेताहरुले सभ्य भएर विचार राख्नुपर्नेमा पनि डा भट्टराईले जोड दिनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८