TRENDING

बाग्मती प्रदेशका मुख्यमन्त्रीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता, नेताहरुद्धारा सामुहिक राजिनामा

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४५ जना नेताहरुको संयुक्त हस्ताक्षरमा सो अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वास प्रस्ताव दर्ता हुनुअघि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारबाट नेताहरु युवराज दुलाल, अरुण नेपाल र शालिकराम जम्मरकट्टेलद्धारा राजिनामा पेश भएको थियो ।

मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेका हुन् । प्रदेशसभाका ४५ सदस्यले पौडेल विरुद्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईदुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन् ।

नेकपा भित्र पछिल्लो पटक देखिएको विवादका कारण मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो । “हामीलाई माथिबाट निर्देशन आयो, त्यसैले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ”, उहाँले भन्नुभयो । त्यस्तै प्रदेशका तीन मन्त्रीले आजै आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालसँगै आफूले पनि राजीनामा दिएको मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

यो पनि 

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ । “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।