TRENDING

उमेर समुहका आधारमा बालबालिकामा कोरोनाको खोप परीक्षण गरिंदै

काठमाडौं । कोरोना खोप निर्माण गरेको एक कम्पनी मोर्डनाले आफ्नो खोपको क्लिनिकल परीक्षण बालबालिकालाई पनि गर्ने योजना बनाएको छ । २८ दिनभित्र २ डोज दिनेगरि ३ हजार बालबालिकालाई परीक्षण गर्ने तयारी गरेको मोर्डनाले जनाएको छ । क्लिनिकल परीक्षणमा १२ देखि १७ वर्षउमेरका बालबालिकालाई समावेश गरिनेछ ।

यसै हप्ता बेलायतले फाइजरको खोप आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अनुमति दिएसँगै बेलायत आममानिसमा खोप प्रयोग गर्ने पहिलो देश बनेको छ। अमेरिकी कम्पनीले मोर्डनाको खोप ९४ प्रतिशत सुरक्षित रहेको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको ।

फाइजरले १२ वर्ष उमेरसम्मका बालबालिकामा परीक्षण सुरु गरिसकेको छ जसको नतिजा आउन बाँकी छ । यस्तै एस्ट्राजेनेकाको खोप पनि क्लिनिकल परीक्षणकै क्रममा छन् जसले बालबालिकालाई पनि क्लिनिकल परीक्षणमा सहभागि गराउने उल्लेख गराएको छ ।
वयस्कको तुलनामा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेकाले न्यून संख्यामा बालबालिकालाई कोरोना संक्रमण भएको छ ।

एक वर्षअघि देखि सुरु भएको कोरोना महामारीबाट विश्वमा ६ करोड ५० लाख मानिस संक्रमित भएका छन् भने १५ लाख मानिसको मृत्यु भएको छ । महामारी नियन्त्रण नभइरहेका बेला खोपहरुले क्लिनिकल नतिजाले विश्व जगत्लाई सकारात्मक आशा जगाएको छ ।

अल्जजीरा ।

Corona