TRENDING

नेप्से परिसूचकमा उछाल कायमै, आज पनि ऐतिहासिक उचाई चुम्न सफल

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल कायमै रहेको छ । पछिल्लो दिनदेखि निरन्तर बढ्दै आएको नेप्सेले आज (सोमबार) पनि ऐतिहासिक उचाई चुम्न सफल भएको हो ।

सोमबारको बजारमा परिसूचक २८.७९ अंकले बढेर १९९७.०५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । उक्त बिन्दु आइतबारको तुलनामा १.४६ प्रतिशतले बढी हो ।

नेप्सेले प्रि ओपनिङ्ग सेसनमै २००० बिन्दु पार गरेको थियो । त्यसपछिको बजारमा पनि परिसूचक निरन्तर बढेर अधिकतम २०२८ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने बजारमा उचार चढाव देखियो । र, अन्ततः बजार बन्द हुँदा परिसूचक २८ अंकले बढेर १९९७ अंकमा पुगेको छ ।

त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३८५.५६ अंकमा पुगेको छ ।

आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकममा भने करेक्सन भएको छ । आइतबार ९ अर्ब माथिको सेयर किनबेच भएको बजारमा सोमबार भने ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच भएको छ