TRENDING

तमाम व्यवसायिका समस्याहरु समाधान गर्नका लागि चन्द्र ढकाल टिमको नेतृत्व अपरिहार्य छः बोधनाथ दवाडी, केन्द्रिय सदस्य उम्मेद्वार

काठमाडौं । नेपालको नीजि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहिबारबाट सुरु भएको छ । यो चुनावलाई लिएर व्यवसायिक क्षेत्र निकै नै उत्सुक छ । यस साधारण सभामा दुई वटा प्यानल खडा गरेर उम्मेदवारहरु मैदानमा उत्रिएका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि यो वर्ष आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा रहेका छन् । बरिष्ठ उपाध्यक्ष हुने व्यक्ति आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । यसै प्रावधानका कारण पनि बरिष्ठ उपाध्यक्ष को हुने भन्नेमा सबैको ध्यान केन्द्रित छ ।

चन्द्र ढकाल समुहबाट धादिङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष बोदनाथ दवाडीको केन्द्रीय सदस्य पदमा प्रतिष्पर्धा चलिरहेको छ । यो चुनावमा आफ्नो प्यानलको जित सुनिश्चित रहेको र यहि प्यानलले समग्र व्यवसायीहरुको अभिभावकत्व सहि मानेमा बहन गर्न सक्ने उहाँको धारणा छ । जिल्ला तहका समस्या समाधान गर्नमा आफ्नो अथक पहल रहने दवाडीको भनाई रहेको छ । कृषि तथा भेटेनरी व्यवसायमा आवद्ध दवाडी पशुपन्छि व्यवसायी संघको केन्द्रिय सदस्य समेत रहनुभएको छ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङ एवं धादिङ उद्योग वाणिज्य संघमा नेतृत्व सम्हालि सक्नुभएका दवाडी यो निर्वाचनमा केन्द्रिय सदस्य पदमा प्रतिष्पर्धाका लागि खडा हुनुभएको हो ।

केन्द्रिय महासंघसँगको समन्वयमा तमाम व्यवसायिका समस्याहरु समाधान गर्नका लागि आफ्नो नेतृत्व अपरिहार्य भएमो उहाँको भनाई छ । चन्द्र ढकाल टिमलाई जिताउनु भनेको जिल्लामा शसक्त रुपमा काम गरिसक्नुभएको , जिल्ला नगर र केन्द्र सम्मका साना देखि ठुला व्यवसायीसम्मको समस्या समाधान गर्न सक्ने नेतृत्व पाउनु हो भन्दै सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो टिमलाई सहयोग गर्न र २७ नम्बरमा रहेको आफ्नो नाममा मत प्रदान गर्नका लागि पनि उहाँले अनुरोध गर्नुभएको छ ।

बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भने निजी क्षेत्रलाई राज्यले बोलीमा देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको तर व्यवहारमै आत्मसात गर्न सक्ने बनाउन आफ्नो टिम महासंघको नेतृत्वमा पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि चन्द्र ढकाल टिम कै नेतृत्व योग्य हुने उहाँको भनाई छ । चन्द्र ढकाल प्यानलको नेतृत्व संकटको सारथी भएको समेत ढकालको भनाई छ ।