TRENDING

पिपुल्स क्यापिटलले आइपिओ जारी गर्दै

काठमाडौं । पिपुल्स पावरले आइपिओ निष्काशन गर्ने भएको छ । प्रभु क्यापिटलले शेयर निष्काशन तथा विक्रि प्रबन्धक रहने गरी आज बिहिबार प्रभु क्यापिटल र पिपुल्स पावरका बिच सम्झौता सम्पन्न भएको छ ।

कम्पनिले कुल शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । आइपिओ निष्काशनको प्रस्ताव भने कम्पनिको गत भदौ २७ गतेको साधारण सभाले नै पारित गरिसकेको थियो ।

यस कम्पनिले इलाम जिल्लाको पुवाखोलामा ४.९६ मेगावाट क्षमताको पुवा दोस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।