TRENDING

बिहिबार नेपाली शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । आज बिहिबार नेपाली शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । यसअघिका रेकर्डलाई तोड्दै नेप्से सुचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेका हुन् ।

आज नेप्से परिसूचक १८.४३ प्रतिशतले बढेर १८९३.२४ अंकमा पुगेको छ । आज दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट १ करोड ७१ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ। यो २ सय १ वटा कम्पनिहरुको शेयर कारोबार हो ।

आज  हिमालयन उर्जा, पाँचथर पावर, आँखु खोला जलविद्युत र एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ भने नविल बैंकको ८.८६ प्रतिशत, कुमारी बैंकको ६.५६ प्रतिशत, नेपाल बंलादेश बैंकको ५.६२ प्रतिशत र चिलिमे हाइड्रोको ५.४१ प्रतिशतले मूल्य बढेको छ। यता साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा धेरै ६.१८ प्रतिशतले घटेको छ भने ङादि ग्रुप पावरको ५.८८ प्रतिशत, बोटलर्स नेपालको ५.६७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ५.३४ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ४.९२ प्रतिशतले घटेको छ।

कारोबारमा आएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ।