TRENDING

नागढुंगा–कलंकी सडकखण्डमा सीसी क्यामरा जडान, भित्रि बाटोहरुमा विस्तार हुँदै

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले काठमाडौंको कलंकि देखि नागढुङ्गा सम्मको राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गरेको छ । १५ वटा वडा रहेको बाग्मति अञ्चलको सबैभन्दा ठुलो यस नगरपालिकाको मुख्य राजमार्गमा नगरपालिकाले सिसी क्यामेरा जडान गरेको छ ।

अन्य वडाहरुको भित्रि सडकहरुमा समेत वडा कार्यालयले सिसी क्यामेरा राख्ने योजना रहेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का वडा जानकारी दिनुभयो । चन्द्रागिरी नगरपालिकाले चन्द्रागिरी २ नागढुङ्गा देखि कलंकी १५ सम्मको राजमार्ग क्षेत्रमा ६७ वटा अत्याधुनिक प्रविधिको सिसी क्यामेरा जडान गरेको हो ।

राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि एक करोडको लागतमा सिसी क्यामेरा जडान गरिएको र त्यसको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

सिसी क्यामेरा जडान सँगै सो क्षेत्रमा सडक अनुशासन कायम गर्नमा सहयोग पुग्नुका साथै शान्ति सुरक्षालाई पनि चुस्तदुरुस्त राख्न सहयोग हुने विश्वास लिइएको छ ।

चन्द्रागिरी नगरपालिका