TRENDING

सहुलियतपूर्ण कर्जा लिन चाहनुहुन्छ , यस्तो छ सरकारी कार्यविधी

काठमाडौैं । अर्थ मन्त्रालय अन्तर्गत व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार संचालक समितिको बैठक सम्पन्न भएको छ । समितिले कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने निर्णय गरेको छ । सरकारले बजेटमार्फत घोषणा गरेको ५० अर्बको कोरोना पुनरुत्थान कोष कार्यान्वयनको बाटो पनि यो निर्णयले खुलाएको छ ।

कर्जा प्रवाहका लागि यहि मंसिर १० गते देखि आवेदन दिन सकिने सुचना प्रकाशन गरेको छ । उक्त समितिमा अर्थ मन्त्रालयका सचिव अध्यक्ष , राजस्व सचिव महालेखा नियन्त्रक, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर,कार्यकारी निर्देशक, नेपाल बैंकर्ष संघका अध्यक्ष र अर्थ मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार अर्थ मन्त्रालयले कर्जा प्रवाहका लागि स्रोत व्यवस्थापन गर्ने ,नेपाल राष्ट्र बैंकले खाता संचालन तथा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्ने र १० मंसिरबाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।

अति प्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण कर्जा दिने कार्यविधिमा उल्लेख गरीएको छ ।