TRENDING

नेप्से परिसुचक अलटाइम हाई विन्दुतर्फ अगाडी बढ्दै, आजको बजारले रच्यो नयाँ इतिहास

काठमाडौं । शेयर बजारले आज नयाँ इतिहास कायम गरेको छ । आज बिहिबार साताको अन्तिम कारोबारको दिन नेप्सेमा हालसम्मकै ठूलो रकमको कारोबार भएको छ । आज नेप्सेसूचक २.०८ प्रतिशत अर्थात ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको छ। ६ अर्ब ११ करोड ६७ लाख बढीको सेयर किनबेच भएको शेयर बजारमा किनबेच भएका सेयरहरुको कित्ताको संख्यामा समेत नयाँ रेकर्ड बनेको छ ।

आज १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । आज कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार र होटल उपसमूहको सूचक ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।

अघिल्लो दिन ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज कारोबार रकम अझै बढेर रेकर्ड कायम गरेको हो । यसरी नेप्से परिसूचक अलटाइम हाई १८८१ विन्दूतर्फ अगाडि बढ्दै गर्दा नयाँ नयाँ रेकर्डहरु बन्दै जाने विश्लेषकहरुले बताएका छन् ।

Nepse