TRENDING

प्रभु हेलिकप्टरले गर्यो सेवा विस्तार, अब काठमाण्डौंबाट पनि उडान भर्ने

काठमाडौं। प्रभु हेलिकोप्टरले बजार विस्तारलाई तिब्रता दिएको छ । बैंक तथा वित्तीय संस्थामा सफल प्रभु समूह अन्तर्गतको कम्पनीले चार वर्षको बिचमामा पाँच वटा हेलिकोप्टरमार्फत उडान भरिरहेको छ। प्रभु समूह सन् २०१६ मा मुक्तिनाथ एयरलाइन्सको हेलिकोप्टरको ५५ प्रतिशत सेयर खरिद गरेर उड्डयन क्षेत्रमा प्रवेश गरेको थियो। पोखराबाट मात्र उडान भर्दै आएको यस कम्पनिले एयरबसको लेटेस्ट भर्सनको हेलिकोप्टर ल्याएको र अब काठमाण्डौंबाट पनि उडान भर्ने जनाएको छ ।

रेस्क्युसँगै फिल्म सुटिङ, साइट सिइङ, तीर्थाटन, चार्टर लगायतको माग आएसँगै सन् २०१८मा कम्पनीले एकैपटक दुईवटा आर-६६ सिरिजको हेलिकोप्टर खरिद गरेको थियो। सन् २०१८ मा आइपुग्दा कम्पनीसँग जम्मा पाँचवटा हेलिकोप्टर अपरेशनमा आइसकेको थियो। १२ हजार मिटरभन्दा माथिका उचाइमा चार्टर, रेस्क्यु, हेली टुर, तीर्थाटन लगायतका सेवा दिनका लागि कम्पनीले उच्च क्षमताको हेलिकोप्टर खरिद गर्ने योजना बनायो।

क्षमता विस्तार गर्ने क्रममा कम्पनीले पछिल्लो समय फ्रान्सको जहाज निर्माता कम्पनीले आविष्कार गरेको एयरबस हेलिकोप्टर ल्याइसकेको छ। कम्पनीले एयरबस एच १२५ अर्थात एएस ३५० बिथ्रिइ हेलिकोप्टर ल्याएको थियो। गत चैतमै हेलिकोप्टर ल्याएपनि कोभिड(१९ का कारण तत्काल उडान प्रक्रिया सुरु गर्न सकेको थिएन। गत असोजको अन्तिम साता नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले नयाँ हेलिकोप्टर उडान अनुमति पाइसकेको छ।

एयरबसको यो सिरीजको हेलिकोप्टरमा संसारभर २३ हजार फीट उचाइसम्म उडान गर्न सक्ने क्षमता रहेको छ। यो हेलिकोप्टरको अधिकतम उडान उचाइ क्षमता २३ हजार फिट रहेको छ भने यात्रु सीट क्षमता ६ जना ९पाँच जना यात्रु र एक जना क्याप्टेन० रहेको छ। अब एयरबसको एचवन टु फाइभमार्फत मुलुकको अधिकतम उचाई रहेको (सगरमाथा बेसक्याम्प, तिलिचो ताल) लगायत क्षेत्रमा उद्धार उडान, साइट सिइङ, फिल्म सुटिङ, तीर्थयात्रा लगायतका सेवा सहज प्रवाह गर्न सक्नेछौं। कोभिड-१९को प्रभाव कहिल्यै अन्त्य हुन्छ भन्न सकिने अवस्था छैन। निकट भविष्यमा आउन सक्ने मागलाई मध्यनजर गर्दै थप हेलिकोप्टर थपेर सेवा विस्तार गर्ने योजनामा छौं, कम्पनीका उपमहाप्रबन्धक नोवलकुमार राजलवट को भनाई छ ।

सेवा सुरु गरेको चार वर्षको अन्तरालमा हालसम्म कम्पनीमा हाल करिब ६५ जनाको रोजगारी रहेको छ। कम्पनीले पोखरामा आफ्नै ह्याङ्गर खडा गरेको छ।