TRENDING

शेयर बजारमा ४.४७ अंकले गिरावट

काठमाडौं । शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार साढे चार अंकले घटेको छ । नेप्से ४ दशमलव ४७ अंकले घटेर १६३६ दशमलव १७ अङ्कमा झरेको हो ।

बिहीबार बैंक, व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहका उपसूचक घटेका छन् । यता होटल, विकास बैंक, जलविद्युत् र जीवन बीमा समूहको उपसूचक बढेका छन् ।

बिहीबार दिनभर दुई सय कम्पनीको कारोबारमा दुई अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरका ९१ लाख २३ हजार कित्ता शेयर किनबेच भएका छन् ।

प्राइम कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै २० करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै अरुण काबेली पावर लिमिटेडको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार सानिमा जनरल इन्स्योरेन्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ८ प्रतिशत गुमाएका छन् ।