
काठमाडौ । कोरोना बीमा गर्नेले २५ हजार रुपैयाँ पाउने हो कि, ७५ हजार रुपैयाँ पाउने हो कि वा एक लाख नै पाउने हो भन्ने दुविधा उत्पन्न भएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा समस्या र पटक पटक नीतिगत परिवर्तन गरेपछि अन्योल बढेको हो ।
कोरोना बीमाको सुरुमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बिमांक रकम तोएिको थियो । सो रकम दाबी भुक्तानी लिनको लागि पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टी भएको कागजात पेश गरे हुन्थ्यो । तर भदौ २८ गतेदेखि कोरोना बीमाको बिमांक रकम १ लाख रुपैयाँ मात्रै बनाएको तथा होम आइसोलेसनमा बसेका संक्रमितले २५ हजार र अस्पताल भर्ना भएका संक्रमितले ७५ हजार रुपैयाँ मात्रै दाबी पाउने व्यवस्था गरिएपछि दुविधा उत्पन्न भएको हो ।
बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार बीमा कोरोना बीमा दाबी भुक्तानीमा केही परिवर्तन भएकोले परिवर्तित व्यवस्था अनुसार दाबी भुक्तानी हुन्छ ।
‘बीमा कम्पनीहरुको कारणले दाबी भुक्तानीमा समस्या आएको होइन, पहिला पीसीआर रिपोर्ट नेगेटिभ देखाएकै आधारमा दाबी भुक्तानी गर्ने व्यवस्था थियो, अहिले पीसीआर रिपोर्ट र अस्पतालको बिल दुवै हेरेर नगद र बाँकी सुविधा दिने व्यवस्था भएको छ, भुक्तानी व्यवस्थामा आएको केही परिवर्तनले बिमितलाई केही अस्पष्ट भए जस्तो लागेको होला, तर प्रक्रिया बुझ्ने खालकै छ,’ सगरमाथा इन्स्यारेसन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका महासचिव क्षेत्रीले भने ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्याय कोरोना बीमा पोलिसीमा उल्लेख भए अनुसार नै दाबी भुक्तानी पाउने बताउँछन् । भदौ २८ अघि जारी गरिएको कोरोना बीमा पोलिसीमा पीसीआर रिपोर्ट पोजेटिभ देखिने वित्तिकै बिमांक रकम बराबर (एक लाख वा ५० हजार रुपैयाँ) दाबी भुक्तानी पाइने हो ।
‘दाबी भुक्तानी कति हुन्छ, कसरी हुन्छ भनेर अल्मलिनु पर्दैन, कोरोना बीमा पोलिसीमा जे लेखिएको छ, सोही अनुसार दाबी भुक्तानी पाइन्छ, कसैको कुनै बेला कुनै कारणले भुक्तानीमा ढिला भएको होला तर, भुक्तानी नपाइने भन्ने भएन, अर्थात भदौ २८ अघि बीमा गराएका व्यक्तिले १ लाख र ५० हजार रुपैयाँ नगदै पाउँछन्, त्यसपछि बीमा गराएका व्यक्तिले पछिल्लो बीमा पोलिसीमा उल्लेख भएअनुसार २५ हजार र ७५ हजार रुपैयाँ पाउँछन्,’ प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७