

काठमाडौं । फेसबुक, इन्ष्टाग्राम र ट्वीटरमा कुन बार, कति बजे, कस्ता सामग्री राख्दा बढी प्रभावकारी हुन्छ भन्ने सम्बन्धी सामग्री हामीले यहाँ प्रस्तुत गरेका छौं । तल उल्लेख गरिएको समय भनेको सेन्ट्रल टाइम जोनका आधारमा हो ।
फेसबुकमा सबैभन्दा बढी प्रयोगकर्ता आउने बार र समय
फेसबुकमा प्रयोगकर्ताको बुधबार विहान ८ बजेदेखि सुरु भएर अपरान्ह ३ बजेसम्म राम्रै उपस्थिति रहने रहेछ । सबैभन्दा बढी प्रयोगकर्ता भने बुधबार विहान ११ बजे र अपरान्ह १ देखि २ बजेसम्म आउने रहेछन् । सबैभन्दा खत्तम बार आइतबार रहेछ । त्यो दिन फेसबुक प्रयोगकर्ताको ध्यान अन्यत्र जाने रहेछ ।
फेसबुकमा उपभोग्य वस्तु सम्बन्धी पोष्ट गर्ने उपयुक्त समय
फेसबुकमा उपभोग्य बस्तुको बारेमा प्रचार प्रसार गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार र शुक्रबार हो । बुधबार दिउसो १ बजे र शुक्रबार विहान ११ बजे उपभोग्य बस्तुको सम्भावित ग्राहक फेसबुकमा बढी आउने गरेका रहेछन् । सबैभन्दा काम नलाग्ने दिन भनेको आइतबार नै हो ।
फेसबुकमा संचार सामग्री सेयर गर्ने राम्रो समय र दिन
फेसबुकमा समाचारका लिंक तथा अन्य संचार सामग्री सेयर गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार नै हो । उपयुक्त समय भनेको मंगलबार, बुधबार र बिहीबार अपरान्ह ५ बजे तथा शुक्रबार बिहान ८ बजेदेखि ९ बजेसम्मको समय सबैभन्दा प्रभावकारी रहेको अध्ययनले देखाएको छ । यस्ता सामग्री सेयर गर्नको लागि पनि कामै नलाग्ने बार भनेको आइतबार छ ।
फेसबुकमा शिक्षा सम्बन्धी सामग्री सेयर गर्ने राम्रो समय र बार
फेसबुकमा शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार हो । बुधबार बिहान ९ बजे तथा शनिवार ५ बजे शिक्षा सम्बन्धी सामग्री फेसबुकमा पोष्ट गरे बढी प्रभावकारी हुने देखिएको छ । शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्नको लागि पनि आइतबार राम्रो दिन होइन है ।
गैरनाफामुलक सामग्री फेसबुकमा पोष्ट गर्ने दिन र समय
फेसबुकमा गैरनाफामुलक सामग्री पोष्ट गर्ने हो भने त्यसको लागि पनि उपयुक्त बार र समय अध्ययनले पहिल्याएको छ । यस्ता सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार नै हो । बुधबार र शुक्रबार विहान ८ बजेदेखि ९ बजेसम्ममा पोष्ट गरेका सामग्री धेरै मानिसले देख्न पाउने छन् । किनभने यस्ता सामग्री हेर्नेहरु सोही बारको सोही समयमा बढी आउने गरेका छन् । गैरनाफामुलक सामग्री पोष्ट गर्ने खराब दिन भनेको आइतबार र शनिवार हो ।
फेसबुकमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय
फेसबुकमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार हो । बुधबार ९ बजेदेखि अपरान्हसम्म प्रविधि सम्बन्धी सामग्री खोज्ने फेसबुक युजर बढी आउने गर्छन् । आइतबार भने यस्ता सामग्री पोष्ट गर्नु राम्रो हुँदैन । किनभने आइतबार यस्तो सामग्री खोज्ने युजर फेसबुकमा आउँदैनन् ।
स्वास्थ्य सम्बन्धी सामग्री फेसबुकमा पोष्ट गर्ने राम्रो दिन र समय
फेसबुकमा स्वास्थ्य सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने सकेसम्म बुधबार छान्नुहोस् । यो दिन यस्ता सामग्री खोज्ने फेसबुक प्रयोगकर्ता धेरै पाइन्छ । समयको आधारमा भन्ने हो भने बुधबार बिहान १० बजेदेखि अपरान्हसम्म यस्ता सामग्री पोष्ट गर्नु उपयुक्त हुन्छ । तर, स्वास्थ्य सम्बन्धी सामग्री आइतबार र शनिवार पोष्ट नगर्नु नै जाती । किनभने यी दुई दिन स्वास्थ्य सामग्री खोज्ने प्रयोगकर्ताको संख्या नगन्य हुन्छ ।
फेसबुकमा फाइनान्स सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय
फेसबुकमा फाइनान्स सम्बन्धि सामग्री पोष्ट गर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा राम्रो बार बुधबार हो भने समय १२ बजे हो । किनभने बुधबार १२ बजे फाइनान्स सम्बन्धी सामग्री खोज्ने फेसबुक युजर बढी आउने गर्छन् । आइतबार र शनिवार यस्ता सामग्री पोष्ट गर्नुको खासै अर्थ छैन । किनभने यी दुई दिन यस्ता सामग्री खोज्ने प्रयोगकर्ता फेसबुकमा निकै कम आउँछन् ।
फेसबुकमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने उपयुक्त समय र बार
फेसबुकमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने अध्ययनले बुधबारलाई सबैभन्दा राम्रो दिन भनेको छ । समयका आधारमा हेर्दा मंगलबार दिउसो २ बजे, बुधबार दिउसो १ बजे र शुक्रबार विहान ११ बजे मनोरञ्जनसँग सम्बन्धित सामग्री खोज्ने फेसबुक युजर बढी आउने गरेका छन् । आइतबार फेसकुमा मनोरञ्जन सम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताको संख्या निकै कम हुने अध्ययनले देखाएको छ ।
इन्ष्टाग्राममा सबैभन्दा बढी सहभागी हुने बार
इन्ष्टाग्राममा सबैभन्दा धेरै प्रयोगकर्ता आउने भनेको बुधबार हो । समयका आधारमा हेर्ने हो भने बुधबार विहान ११ बजे तथा शुक्रबार विहान १० देखि ११ बजेसम्म इन्ष्टाग्राम चलाउनेहरु धेरै हुने अध्ययनले देखाएको छ । तर, आइतबार भने इन्ष्टाग्राम चलाउनेहरुको संख्या असाध्यै कम हुने तथ्य फेला परेको छ ।
इन्ष्टाग्राममा उपभोग्य वस्तु सम्बन्धी पोष्ट गर्ने उपयुक्त समय :
इन्ष्टाग्राममा उपभोग्य बस्तुको बारेमा प्रचार प्रसार गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार हो । बुधबार दिउसो ३ बजे उपभोग्य बस्तुको सम्भावित ग्राहक इन्ष्टाग्राममा बढी आउने गरेका रहेछन् । सबैभन्दा काम नलाग्ने दिन भनेको आइतबार नै हो ।
इन्ष्टाग्राममा संचार सामग्री सेयर गर्ने राम्रो समय र दिन:
फेसबुकमा समाचारका लिंक तथा अन्य संचार सामग्री सेयर गर्ने सबैभन्दा राम्रो दिन भनेको शुक्रबार हो । उपयुक्त समय भनेको शुक्रबार विहान ९ बजे हो । यस्ता सामग्री सेयर गर्नको लागि पनि कामै नलाग्ने बार भनेको शनिवार र आइतबार छ ।
इन्ष्टाग्राममा शिक्षा सम्बन्धी सामग्री सेयर गर्ने राम्रो समय र बार :
इन्ष्टाग्राममा शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो दिन भनेको शुक्रबार हो । शुक्रबार बिहान १० बजे शिक्षा सम्बन्धी सामग्री इन्ष्टाग्राममा सेयर गरे बढी प्रभावकारी हुने देखिएको छ । शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्नको लागि पनि आइतबार राम्रो दिन होइन है ।
गैरनाफामुलक सामग्री इन्ष्टाग्राममा पोष्ट गर्ने दिन र समय :
इन्ष्टाग्राममा गैरनाफामुलक सामग्री पोष्ट गर्ने हो भने त्यसको लागि पनि उपयुक्त बार र समय अध्ययनले पहिल्याएको छ । यस्ता सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार नै हो । मंगलबार दिउसो १ बजेदेखि ३ बजेसम्म र बुधबार दिउसो २ बजेसम्ममा पोष्ट गरेका सामग्री धेरै मानिसले देख्न पाउने छन् । किनभने यस्ता सामग्री हेर्नेहरु सोही बारको सोही समयमा बढी आउने गरेका छन् । गैरनाफामुलक सामग्री पोष्ट गर्ने खराब दिन भनेको आइतबार हो ।
इन्ष्टाग्राममा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय :
इन्ष्टाग्राममा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार हो । बुधबार विहान ६ बजे र विहान ९ देखि १० बजेदेखिसम्म तथा शुक्रबार विहान ७ बजेदेखि विहान १० बजेसम्म प्रविधि सम्बन्धी सामग्री खोज्ने इन्ष्टाग्राम युजर बढी आउने गर्छन् । आइतबार भने यस्ता सामग्री पोष्ट गर्नु राम्रो हुँदैन । किनभने आइतबार यस्तो सामग्री खोज्ने युजर इन्ष्टाग्राममा आउँदैनन् ।
स्वास्थ्य सम्बन्धी सामग्री इन्ष्टाग्राममा पोष्ट गर्ने राम्रो दिन र समय :
इन्ष्टाग्राममा स्वास्थ्य सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने सकेसम्म मंगलबार छान्नुहोस् । यो दिन यस्ता सामग्री खोज्ने इन्ष्टाग्राममा प्रयोगकर्ता धेरै पाइन्छ । समयको आधारमा भन्ने हो भने मंगलबार बिहान ८ बजे यस्ता सामग्री पोष्ट गर्नु उपयुक्त हुन्छ । तर, स्वास्थ्य सम्बन्धी सामग्री आइतबार र शनिवार पोष्ट नगर्नु नै जाती । किनभने यी दुई दिन स्वास्थ्य सामग्री खोज्ने प्रयोगकर्ताको संख्या नगन्य हुन्छ ।
इन्ष्टाग्राममा फाइनान्स सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय :
इन्ष्टाग्राममा फाइनान्स सम्बन्धि सामग्री पोष्ट गर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा राम्रो बार बुधबार हो । समयका आधारमा भन्ने हो भने शुक्रबार विहान ११ बजे सबैभन्दा राम्रो समय भएको अध्ययनले देखाएको छ । मंगलबार यस्ता सामग्री पोष्ट गर्नुको खासै अर्थ छैन । किनभने मंगलबार फाइनान्स सम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ता इन्ष्टाग्राममा निकै कम आउँछन् ।
इन्ष्टाग्राममा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने उपयुक्त समय र बार :
इन्ष्टाग्राममा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने अध्ययनले बुधबारलाई सबैभन्दा राम्रो दिन भनेको छ । समयका आधारमा हेर्दा बुधबार र विहीबार दिउसो १ बजे मनोरञ्जनसँग सम्बन्धित सामग्री खोज्ने इन्ष्टाग्राम युजर बढी आउने गरेका छन् । इन्ष्टाग्राममा मनोरञ्जन सम्बन्धी सामग्री सेयर गर्दा निकै कम फाइदा प्राप्त हुने बार भनेको आइतबार हो ।
ट्वीटरमा सबैभन्दा बढी सहभागी हुने बार
ट्वीटरमा सबैभन्दा धेरै प्रयोगकर्ता आउने भनेको बुधबार र शुक्रबार हो । समयका आधारमा हेर्ने हो भने यी दुबै दिन विहान ९ बजे ट्वीटर चलाउनेहरु धेरै हुने अध्ययनले देखाएको छ । तर, शनिबार भने ट्वीटर चलाउनेहरुको संख्या असाध्यै कम हुने तथ्य फेला परेको छ ।
ट्वीटरमा उपभोग्य वस्तु सम्बन्धी पोष्ट गर्ने उपयुक्त समय :
ट्वीटरमा उपभोग्य बस्तुको बारेमा प्रचार प्रसार गर्ने सबैभन्दा राम्रो दिन भनेको आइतबार हो । आइतबार विहान ११ बजे उपभोग्य बस्तुको सम्भावित ग्राहक ट्वीटरमा बढी आउने गरेका रहेछन् । सबैभन्दा काम नलाग्ने दिन भनेको सोमबार नै हो ।
ट्वीटरमा संचार सामग्री सेयर गर्ने राम्रो समय र दिन :
ट्वीटरमा समाचारका लिंक तथा अन्य संचार सामग्री सेयर गर्ने सबैभन्दा राम्रो दिन भनेको बिहीबार र शुक्रबार हो । उपयुक्त समय भनेको बुधबार विहान ९ बजे तथा बिहीबार विहान ९ बजे र साँझ ८ बजे हो । यस्ता सामग्री सेयर गर्नको लागि पनि कामै नलाग्ने बार भनेको शनिवार हो ।
ट्वीटरमा शिक्षा सम्बन्धी सामग्री सेयर गर्ने राम्रो समय र बार :
ट्वीटरमा शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो दिन भनेको शनिबार हो । शनिबार अपरान्ह ५ देखि ६ बजेसम्म शिक्षा सम्बन्धी सामग्री ट्वीटरम सेयर गरे बढी प्रभावकारी हुने देखिएको छ । शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्नको लागि पनि आइतबार राम्रो दिन होइन है ।
गैरनाफामुलक सामग्री ट्वीटरमा पोष्ट गर्ने दिन र समय :
ट्वीटरमा गैरनाफामुलक सामग्री पोष्ट गर्ने हो भने त्यसको लागि पनि उपयुक्त बार र समय अध्ययनले पहिल्याएको छ । यस्ता सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार नै हो । बुधबार विहान ७ बजे पोष्ट गरेका सामग्री धेरै मानिसले देख्न पाउने छन् । किनभने यस्ता सामग्री हेर्नेहरु सोही बारको सोही समयमा बढी आउने गरेका छन् । गैरनाफामुलक सामग्री पोष्ट गर्ने खराब दिन भनेको शनिवार हो ।
ट्वीटरमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय :
ट्वीटरमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको मंगलबार र बुधबार हो । मंगलबार विहान ९ प्रविधि सम्बन्धी सामग्री खोज्ने ट्वीटर युजर बढी आउने गर्छन् । आइतबार भने यस्ता सामग्री पोष्ट गर्नु राम्रो हुँदैन । किनभने आइतबार यस्तो सामग्री खोज्ने युजर ट्वीटरमा आउँदैनन् ।
स्वास्थ्य सम्बन्धी सामग्री ट्वीटरमा पोष्ट गर्ने राम्रो दिन र समय :
ट्वीटरमा स्वास्थ्य सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने सकेसम्म बुधबार छान्नुहोस् । यो दिन यस्ता सामग्री खोज्ने ट्वीटरमा प्रयोगकर्ता धेरै पाइन्छ । समयको आधारमा भन्ने हो भने बुधबार बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म यस्ता सामग्री पोष्ट गर्नु उपयुक्त हुन्छ । तर, स्वास्थ्य सम्बन्धी सामग्री आइतबार पोष्ट नगर्नु नै जाती । किनभने आइतबार स्वास्थ्य सामग्री खोज्ने प्रयोगकर्ताको संख्या नगन्य हुन्छ ।
ट्वीटरमा फाइनान्स सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय :
ट्वीटरमा फाइनान्स सम्बन्धि सामग्री पोष्ट गर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा राम्रो बार मंगलबार हो । समयका आधारमा भन्ने हो भने मंगलबार विहान १ बजेदेखि विहान ५ बजेसम्म र आइतबार २ बजे सबैभन्दा राम्रो समय भएको अध्ययनले देखाएको छ । शनिवार यस्ता सामग्री पोष्ट गर्नुको खासै अर्थ छैन । किनभने शनिवार फाइनान्स सम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ता ट्वीटरमा निकै कम आउँछन् ।
ट्वीटरमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने उपयुक्त समय र बार :
ट्वीटरमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने अध्ययनले शुक्रबारलाई सबैभन्दा राम्रो दिन भनेको छ । समयका आधारमा हेर्दा शुक्रबार विहान ९ बजे मनोरञ्जनसँग सम्बन्धित सामग्री खोज्ने ट्वीटर युजर बढी आउने गरेका छन् । शनिवार र आइतबार यस्ता सामग्री ट्वीटरमा राख्नुको खासै अर्थ छैन । किनभने युजर निकै कम पाइन्छ ।
मल्टिमिडियाबाट थप समाचार
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
‘मेरी बास्सै’का बडाकाजी फेरीए
‘महापुरुष’ को दश दिनको कमाई ६ करोड
बलभद्र कुँवरले लडेको युद्धमा आधारित चलचित्र नालापानी प्रदर्शनमा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७