

काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई दिएको निर्देशन खारेज गरेको छ । यो निर्णयसँगै कोभिड संक्रमण अघिका दिनमा झैं अबका दिनमा पनि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ ।
आगामी साता राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि यो नियम लागु हुने बताइएको छ । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २० देखि २५ रुपैयाँ लिने गरेका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७