

काठमाडौं । सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ । बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पार्नुभएको छ ।
उहाँले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा सुनसरीको दुहबीमा संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही संचारमाध्यममा प्रकाशित समाचारको खण्डन समेत गरिएको छ । ‘समाचारहरुमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको यसै विज्ञप्तिमार्फत प्रष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ–‘समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरु जोडिएका
मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं ।’
यसैबीच, समाचारहरुमा आफ्नो नाम जोडिएकोमा उद्योगका संचालक बसन्त चौधरीले पनि दुःख प्रकट गर्नुभएको छ । ‘संचारमाध्यमहरुले मसँग कुरा नै नगरी अनावश्यक रुपमा मेरो नाम उदृत गरेकोप्रति दुःख प्रकट गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७