TRENDING
होमपेज
चुनावी तालमेलका लागि बसेको सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय


काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले महानगरपालिकाका उम्मेदवारको छनोट केन्द्रबाटै गर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय लिएको हो। नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालका अनुसार महानगरमा तालमेल र उम्मेदवारको टुंगो केन्द्रले गरेर अन्यमा तल्ला कमिटीलाई निर्णय अधिकार दिने सहमति भएको हो।
“सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छु” खनालले भन्नुभयो , महानगरको निर्णय माथिबाट र अन्यका लागि तलै निर्णय गर्न दिने गरी सबै दल सहमत भएका छन्। खनालका अनुसार सत्तारुढ दलको निर्वाचन संयन्त्र बनाउने बाँकी प्रक्रियाबारे फेरि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७