काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मञ्जु डोटेलले हात पार्नुभएको छ । बाह्र प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नुभएको छ ।
शनिबार राति काठमाडौँमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनरअप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनरअप हुन सफल हुनुभयो । प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनरअप हुन सफल हुनुभयो भने मीना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ ।
अन्तिम प्रतिस्पर्धामा निरु सिंहले इलिगेन्स अवार्ड, सविता पोखरेलले ब्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामाङ गुरुङले इनोसेन्ट, दुर्गा लामिछाने र इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो ।
यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मीना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ ।
कूल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । गत फागुनमा १५ बाट सुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।
मनोरञ्जनबाट थप समाचार
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला
भक्तपुरमा ऐतिहासिक विस्केट जात्रा तयारी
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८