TRENDING
होमपेज
भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ कोरोना सङ्क्रमित


भारत । भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३ जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७