

बाँके । बाँके प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउaपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी दीपेन्द्र अधिकारी, वडा नं १८ निवासी सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको हो ।
डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नं को गाडी रोकेर जाँच गर्दा पेस्तोल, गोली र खुँडा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७