

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुनः बैठक गर्ने गरी सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकोले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
तोकिएको बैठक अगाडि पनि अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको समेत श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा मुलकको समसामयिक विषयमा समेत छलफल भएको थियो । पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री केपि शर्मा ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए।
नेकपा सचिवालयको बैठक अघि अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा केक काटिएको थियो । नेताहरु केक खाएर शुभकामना साट्न मात्रै होइन , पूर्व नेकपा एमालेका नेताहरु मात्रैको छुट्टै बैठक बस्न पनि भ्याएका थिए । सचिवालय बैठक शुरु हुन अघि पूर्व एमालेका नेताहरु बिच छोटो समयको बैठक सम्पन्न भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७