

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहिमा दिउँसो १ बजे बैठक बस्ने तयारी भएको छ ।
गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पेज लामो डकुमेन्ट पेश गरेका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड) ले सो अघि नै आफ्नो तर्फबाट पेश गरेका डकुमेन्ट र ओलीद्धारा पेश गरिएको डकुमेन्टमाथिको छलफलमा आजको बैठक केन्द्रित हुने बताइएको छ । खुमलटार स्रोतका अनुसार प्रम ओलीद्धारा पेश डकुमेन्टको प्रचन्डले जवाफ दिनेछन् ।
गत मंसिर १३ मा प्रचन्डद्धारा पेश कागजातको जवाफ ओलीले दिइसकेका छन् । यसअघि झैं आज पनि सवालजवाफ पत्र मार्फत नै हुनसक्ने स्रोतले जनाएको छ । सचिवालयबाट नै साझा प्रस्ताव लिएर स्थायी कमिटी जानुपर्नेमा ओली पक्ष रहेका छन् । तर प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले भने सचिवालयमा सबै डकुमेन्टमाथिको छलफल मात्र गर्ने र सम्पूर्ण कागजात स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी गरेको बताइएको छ । नेकपा स्थायी कमिटी बैठक यहि मंसिर १८ गते र केन्द्रिय कमिटी बैठक मंसिर २५ गते बस्ने गरी बोलाइएको छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७