TRENDING

गोरखाको लाप्राकमा अत्याधिक हिमपात, जनजीवन कष्टकर

गोरखा । गोरखाको उत्तरी भेगमा रहेको धार्चे– ४, लाप्राक गाउँमा अत्याधिक हिमपात भएको छ ।हिजोबाट अत्याधिक चिसो बढेसँगै हिमपात पनि अत्याधिक बढेको हो । धार्चेको लाप्राक, नयाँ बस्ती, गुप्सीपाखा लगायतका गाउँमा हिमपातमा कारण जनजीवन कष्टकर बनेको नयाँ बस्तीकी माया गुरुङले जानकारी दिनुभयो ।

चिसोले बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् भने गाउँमा आउजाउ समेत बन्द भएको छ । चिसोका कारण घरका छाना,पाली, छत भरिएका छन् । गाई बस्तुको स्याहारमा समेत समस्या भएको गुरुङले जानकारी दिनुभयो ।

गत पुसको दोस्रो हप्ता परेको हिउँ केही दिन पग्लन थालेको भए पनि पुनः हिजोबाट परेको हिउँले स्थानीय बस्ती कष्टकर बन्दै गएको सामुदायिक होमस्टे लाप्राकका अध्यक्ष दलवीर गुरुङले बताउनुभयो ।