TRENDING

हिमपातका कारण त्रिभुवन राजपथ पूर्ण रुपमा अवरुद्ध

मकवानपुर। हिमपातका कारण हेटौँडा हुँदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ पूर्ण रुपमा अवरुद्ध भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बाक्लो हिमपात हुँदा त्रिभुवन राजपथ पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएरातिदेखि भएको हिमपातका कारण करिब ३–४ किलोमिटर राजपथ पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । हिमपात हटाउनेबारे तयारी थालिरहेको उहाँले बताउनुभयो । हिमपातका कारण उक्त राजपथ हुँदै चल्ने सवारी साधनहरू प्रभावित भएका छन् ।