

एजेन्सी । नाइजेरियामा ११० जनाको क्रूर ढंगले हत्या भएको छ । इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले खेतमा काम गरिरहेका मानिसहरुलाई जबरजस्ती नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ । नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई आतंकवादीहरुले निशाना बनाएका छन् , यो घटना एकसाता अघि घटाएका हुन् । घटना भएको स्थानमा शुरुमा ४३ शव फेला परेता पनि पछि थप शवहरु फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक जघन्य घटनाका अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले यस घटनाको घोर निन्दा गर्दै यस घटनाबाट सिंगो देश घाइते भएको भन्दै दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता जनाएका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७