TRENDING

स्मार्ट लकडाउनबारे छलफल गर्न आज उपत्यकाका प्रमुख अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि आवश्यक पहलकदमीका लागि प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

सोहि विषयमा छलफल गर्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो । सुरक्षा विज्ञहरुसँगको छलफलका साथै मन्त्रालयसँग समन्वय गरेर साझा धारणाका साथ अघि बढ्ने निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।