

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सर्वपक्षिय बैठक ढाक्नुभएको छ । संक्रमण दर बढिरहेकोले स्वास्थ्य मापदण्ड लगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि औपचारिक बैठक नबोलाएतापनि अनौपचारिक हिसाबले कोभिड विरुद्धका गतिविधीलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आजै, नसके भोलि संयुक्त बैठक बस्न सक्ने बताउनुभयो । संयुक्त बैठक बस्नुअघि आज आफूले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको उहाँको भनाई छ । त्यसका लागि आज दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज दिउँसो साढे २ बजे बैठक बोलाएको जानकारी दिनुभयो ।
कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो । तथापी बैठकका निर्णय भने सार्वजनिक भएका छैनन् । बैठकपछि स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म कुनै नयाँ निर्णय वा निर्देशन जारी गरेका छैनन् । यद्यपी जिल्लाभित्र आ-आफ्नो ढंगले काम गर्ने गरी जिल्ला प्रशासन कार्यालयहरुले तयारी अघि बढाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७