

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । आज मात्रा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ९ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो देशभरि ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । यो साताको पहिलो दिन गत पुस १८ गते आइतबार २ सय १६ जनामा संक्रमण पुष्टि भएको थियो ।
१४ हजार ९ सय ७१ जनाको नमुनाको परीक्षण गर्दा आज ९ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आजै २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समेत पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेपछि सबै अस्पतालहरूलाई अक्सिजन लगायतका आवश्यक अन्य सामग्रीसहित तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
गएको २४ घण्टामा २ सय ६२ जना संक्रमण मुक्त भएका छन् ।
यसैगरी देशभरि ५ हजार ७ सय ४१ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७