

काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले विर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) शोरुम सञ्चालनमा ल्याएको छ ।
स्कोडाको नयाँ सोरुमको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए । ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न विर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको एमएडब्लु स्कोडाका निर्देशक अग्रवाल बताए । विर्तामोडमा शोरुम स्थापना भएसँगै नेपालमा कम्पनीको उपस्थितिलाई झनै बलियो बनाउने अग्रवालले बताए ।
स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्ने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणी पौडेलले जानकारी दिए । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने उनको भनाइ छ ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन शुरु गरेको थियो ।
हाल पोेखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको कम्पनीले जनाएको छ ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७