

काठमाडौं । चिनी उत्पादक उद्योगहरुको संस्था नेपाल चिनी उत्पादक संघका अनुसार पुस १५ गतेबाट चिनी मिल संचालन हुने भएको छ । चिनी मिल संचालनका लागि मिति तय भई सकेतापनि उखुको न्यूनतम बिक्रि मुल्य भने तोकिएको छैन । सोहिे विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत रहेतापनि सरकारको तर्फबाट उचित सम्बोधन नपाएको प्रति किसानहरुले दुख व्यक्त गरेका छन् ।
मिल संचालनको सम्मुख आएर मात्रै बिक्रि मुल्य तोक्ने सरकारको लक्षण देखिएको हुँदा यसबाट सरकार किसानहरुप्रति नभई उद्योगीहरु प्रति नै उदार रहेको उखु उत्पादक किसानहरुको आरोप छ । किसानलाई सस्तोमा उखु बिक्री गर्न बाध्य पार्ने गरी सरकारले अन्तिम घडीमा मूल्य तोक्न लागेको र सो मूल्य नमान्ने निर्णय महासंघले गरेको अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन् । ‘वर्षभरि खेती गर्ने हामी उद्योगीको फाइदाका लागि मूल्य तोक्ने सरकार । अब हामीले खेती किन गर्ने ? ’ अध्यक्ष मैनालीको प्रश्न छ । किसान र उद्योगीले राखेको मूल्य र मन्त्रालयले गरेको अध्ययन एवम् अन्तर्राष्ट्रिय अभ्यास हेरेर मूल्यमा निर्णय गर्नु पर्नेमा सरकारले किसानलाई भुलभुलैयामा पारेको आरोप मैनालीको छ । मूल्य तोक्नेबारेको छलफलमा किसान प्रतिनिधिलाई तीन पटक काठमाडौं बोलाएर दुःख दिएको तर किसानको हित विपरीत मूल्य निर्धारण गर्न लागिएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।
यता कृषि विभागले भने विभागबाट मूल्यको प्रस्ताव मन्त्रालयमा पेश गरिसकिएको तर मन्त्रालयले मूल्य सिफारिस गरिनसकेको कृषि सचिव गोविन्द शर्मा बताए । ‘हामीले अध्ययन गरिरहेका छौ, निर्णय भएको छैन, छिट्टै गर्ने तयारीमा छौैं,’ सचिव शर्माले भने यस विषयमा मन्त्रालयको पहल जारी छ ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७