

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना सदस्यले आर्थिक पारदर्शिता लगायतका विषयमा नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले चार क्रिकेटरमाथि नियोजित कारवाही गरिएको भन्दै तत्काल निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।
क्यानले हालै मात्र ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । साथै उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ मा ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गरेको छ । त्यो निर्णयमा ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बि लामाले फरक मत राखेका थिए ।
फरक मत राख्नेहरुले बुधबार पत्रकार सम्मेलन गरी क्यान विधि पद्धति अनुसार नचलेको र आर्थिक पारदर्शिता नभएको बताएका छन् ।
विधि पद्धति अनुसार नचलेकै कारण क्यान एक पटक निलम्बनमा परेको भन्दै उनीहरुले भनेका छन्, ‘अहिले पनि विधि पद्धति अनुसार क्रिकेट संघलाई चलाउने प्रयास भएको देखिँदैन । बरु जे जस्ता काम भएका छन्, त्यसले अर्को दुर्घटना निम्तिने त होइन भन्ने चिन्ता बढेको छ ।’
क्यानको नेतृत्वले आफूखुसी कर्मचारी भर्ना गरेको, नेतृत्वमा बसेकाहरुले भागवण्डाका आधारमा आ–आफ्ना प्रदेशमा दुई–दुईजना प्रशिक्षक नियुक्ति गरेको तथा जनरल मेनेजर र क्रिकेट मेनेजरबाट पदीय जिम्मेवारीअनुसार काम लिन नसकेको उनीहरुको आरोप छ ।
उनीहरुले प्रदेश र जिल्ला क्रिकेट संघहरुलाई प्रदान गर्ने भनिएको क्रिकेट सामाग्री खरीद प्रक्रियामा प्रश्न उठाएका छन् । बोर्डमा छलफल नगरी ठूलो राशीको सामान खरीद गरिएको, कार्यालय निर्माण तथा व्यवस्थापनका नाममा खर्च भएको रकममाथि प्रश्न उठेको भन्दै उनीहरुले भनेका छन्, ‘क्रिकेट संघ विधि र पद्दति अनुसार चलोस्, आर्थिक कारोवार पारदर्शी ढंगले कार्ययोजना अनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायले हेर्नुपर्छ र हेरोस् भनेर हामी गम्भीर ध्यानाकर्षण समेत गराउँछौं ।’
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७