TRENDING

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजदेखि बंगलादेशमा सुरु हुँदै

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजदेखि बंगलादेशमा सुरु हुँदैछ ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोलीले आज खेल्दै छन् । नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकासँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

यस्तै पुरुष टोलीले आज घरेलु टोली बंगलादेशसँग खेल्दै यात्रा थाल्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउसो ४:४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्र सहभागी छन् । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान तथा महिलामा बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । यस्तै महिलातर्फ साविक विजेता रहेको नेपालले उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । यस्तै पुरुषतर्फ नेपालले उपाधि जित्ने लक्ष्य बनाएको छ ।