

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् ।
आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने पौडेलले बताए । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
मंसिर २४(२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।
कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।
सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । दोस्रो चरणमा देउवा र डा. कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा देउवा, कोइरालासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङबीच सभापति पदमा निर्वाचन भएको थियो ।
मंसिर २८ गतेको राति नै सभापति पदको मतगणना सकिएपछि दोस्रो दिनदेखि अन्य पदाधिकारी पदको मतगणना भएको थियो ।
अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार संस्थापन समूह निकै बलियो अवस्थामा देखिएको छ । १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको हो । पदाधिकारीसहित केन्द्रीय सदस्य गरी देउवा समूहका ७७ जना विजयी भएका छन् भने इतर समूहबाट १९ जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित डा. शशांक कोइराला साझा उम्मेदवार थिए ।
संस्थापन इतर समूहबाट निर्वाचित १९ मध्ये समूहबाट १७ जना कोइराला समूह निकट हुन् भने महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार सिंह समूहका हुन् । बागमतीबाट केन्द्रीय सदस्य निर्वाचित राजेन्द्र केसी ९राजन० कोइराला र सिंह दुबै समूहका उम्मेदवार थिए । पदाधिकारीमा दुई उपसभापतिमध्ये एक र महामन्त्रीमा दुबै पद गुमाएको संस्थापन समूहले आठ सहमहामन्त्रीमध्ये ६ वटामा विजयी भएको थियो ।
त्यस्तै खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ सिटमा संस्थापन समूह नै विजयी भएको हो । भूगोल ९सात वटै प्रदेश० बाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समूहबाट १८ जना निर्वाचित भएका छन् ।
कोइराला समूहबाट प्रदेश एकबाट राजीव कोइराला विजयी भए भने गण्डकीबाट कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी ९राजन० प्रकाशमान सिंह र कोइरालाको प्यानलमा थिए ।
मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।
मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन् भने मधेशी महिलामा चार सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । मधेशी महिलातर्फ विजयी मुक्ताकुमारी यादव संस्थापन र कोइराला दुबै समूहको उम्मेदवारको सूचीमा परेकी थिइन् ।
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७