

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै सरुवा स्थगित गरेको हो ।
आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको मन्त्रालयले जनाएको छ । उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको तर संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने नरोकिएको बताइएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।
२०७६ सालमा संघीय लोक सेवा आयोगको परीक्षा पास गरी नौ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए । प्रदेश लोक सेवा आयोग गठन नभइसकेकाले त्यतिबेला संघीय लोक सेवा आयोगले परीक्षा लिएर नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यसरी सिफारिस भएका कर्मचारीहरुलाई पारिवारीक समस्या र अपायक परेको लगायतका कारण सम्बन्धित स्थानीय तहको स्वीकृतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गरिंदै आएको थियो । सरुवा माग गर्दै निवेदन दिएका करिब १६ सय २० कर्मचारीहरुको अन्तर स्थानीय तहमा सरुवा गरिएको थियो ।
त्यसपछि पनि सरुवा माग गर्दै मन्त्रालय दैनिक दुई दर्जन हाराहारीमा निवेदन दिने क्रम जारी थियो । यसबाट स्थानीय तहको सेवा प्रवाह नै प्रभावित भएको मन्त्रालय स्रोत बताउँछ ।
स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तर स्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
हेर्नुहोस् सूचना
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७