

काठमाण्डौ । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । नर्भिकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको हो ।
सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रमहरु संचालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेको छ । साधारणसभा सो दिन ११ः३० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ ।
पहिलो वार्षिक साधारणसभामा संचालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेण्डा राखिएको छ ।
यस्तै, सभाका अन्य एजेण्डाहरुमा लेखापरीक्षकको प्रतिवेदन सहित सम्वत् २०७८ आषाढ मसान्त सम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरुमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने तथा संचालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा संचालक समितिले गरेको आवशयक निर्णयहरु अनुमोदन गर्ने रहेका छन् ।
नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणका लागि समेत साधारण सेयरको निश्कासन गर्ने योजनाका साथ अगाडि बढिरहेको देशकै पहिलो अस्पताल पनि हो । अस्पतालले साधारण सेयरहरुको प्राथमिक निश्कासन(आइपीओ) जारी गर्ने एजेण्डा समेत यसअघि सार्वजनिक गरे पनि पहिलो वार्षिक साधारणसभा भएका कारण र कतिपय नियामकीय व्यवस्था प्रक्रियामै रहेका कारण सो एजेण्डा एजीएममा समेटिएको छैन ।
मुख्य समाचारबाट थप समाचार
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७