TRENDING
होमपेज
पहिलो टी-२० मा वेस्टइण्डिजलाई पाकिस्तानले हरायो


काठमाडौं । पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो ।
२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए ।
पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै शादब खानले ३ विकेट लिए । यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।
पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए । यस्तै हैदर अलीले ६८ रनको योगदान दिए । वेस्टइन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए । अब, दोस्रो खेल मंगलबार हुनेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७