

काठमाडौं । व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको थियो ।
‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ परेका हौं’ उनले भने, ‘अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’
स्रोतका अनुसार पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । तर उनको परिचय खुलेको छैन ।
ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए । उनीहरुले व्यवसायीलाई २० लाख रुपैयाँ मागेको स्रोतको भनाइ छ ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७