

धादिंग । नेपाल कम्युनिष्ठ पार्टी एकिकृत समाजवादी जनताको चाहना अनुसार कार्य गर्ने पार्टी भएको धादिंगका जिल्ला कमिटी सदस्य एवं कार्यालय सचिव केशव दुवाडीले बताउनु भएको छ । समाजवाद कुराले मात्र नआउने भन्दै नेता दुवाडीले यसका लागि जनताले अनुभुती गर्ने गरी कार्य गर्नुपर्ने उहाँको भनाई छ ।
पद र प्रतिष्ठा प्राप्तिका लागि व्यक्तिलाई नै पार्टी मान्ने परिपाटीका कारण राजनिति मुल्य मान्यता र नीतिगत हिसाबले अघि बढ्न नसकेको हुँदा समस्या सृजना भएको ज्वालामुखी वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद सिलवालले बताउनु भयो । हिजो धादिंगको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मा सम्पन्न अगुवा कार्यकर्ता भेलामा नेताहरुले यस्तो बताएका हुन् ।
सोही भेलाले नेपाल कम्युनिष्ठ पार्टी एकिकृत समाजवादीको ज्वालामुखी ३ नंं वडास्तरीय कमिटी गठन गरेको छ । इन्चार्ज विष्णुबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भेलाले स्थानीय हरि पाठकको अध्यक्षतामा वडा नम्बर ३ स्तरिय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा लाल बहादुर श्रेष्ठ, सचिवमा एकबहादुर खुलाल र सह सचिवमा हरि अर्याल रहनु भएको सह इन्चार्ज सुरेश भट्टले जानकारी दिनुभयो ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७