

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई छ । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल क्रममा भण्डारीले यस्तो बताएकि हुन् ।
नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने भन्दै “विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ”, । उनले भनिन्, “जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ ।”
राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखापरेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्यान्डलगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको सन्दर्भ उल्लेख गरिन् । उनले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारीमा जोड दिन आग्रह गरिन् ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७