

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले कोभिड १९ को नँया भेरियन्ट ओमिक्रोनको संक्रमण मुलुकबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धि आदेश जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक बृद्द्धि तथा उत्थनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० अर्व ३९ करोड रुपैया सहुलियतपूर्ण ऋणका सम्बन्धमा सरकारको तर्फबाट बार्ता टोली गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी मिति २०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरीकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुनलागेको लोकतन्त्र सम्बन्धि शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
त्यसैगरी चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौ संशोधन नियमावली २०७८ रेडियो सञ्चार लाइसेन्स पाँचौ संशोधन नियमावली २०७८ र प्रहरी नवौ संशोधन नियमावली २०७८ स्विकृति गरेको छ। साथै बैठकले राजपत्रांकित विशिष्ठ श्रेणीका १० जना सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७