TRENDING

सर्वोच्च परिसरमा धर्नामा दिएका रहेका कानुन व्यावसायी र प्रहरी बिच हात हालाहाल

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ।

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका थिए। सो क्रममा प्रहरी र वकिलहरुबीच हात हालाहालको अबस्था र्सिजना भएको हो।

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि हात हालाहाल भयको बताइएको छ।