TRENDING
होमपेज
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कात्तिक २८ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको अधिकांश जिल्लामा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको बिवाद टुंगाएर जिल्ला अधिवेशन गर्नेबारे छलफल हुने कांग्रेसले जनाएको छ । पटक पटक सर्दै आएको कांग्रेसको महाधिवेशन मंसिर २७ देखि गर्नेगरी तोकिएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।
राजनीतिबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७