

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले छोरी मानुषीलाई बेलायत पढ्न नपठाएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको’ भनेर भट्टराईलाई प्रश्न गरेका थिए ।
जवाफमा भट्टराईले मानुषी सात वर्षको उमेरमा आमा (हिसिला यमी) सँगै बेलायत गएको भएपनि अध्ययनका लागि भने नगएको बताएका हुन् ।
साथै उनले ओलीलाई तथ्यहीन उडन्ते कुरा नगर्नसमेत भनेको छन् ।
उनले ट्वीटरमा भनेका छन्, “पूर्वप्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएको र सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !”
यसअघि एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भनेका थिए- “आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेला बढाउनुभयो ? बेलायत बढाउने आम्दानीको स्रोत के थियो ? प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसैको पार्सपोर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइदिनुस् त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २/४, पाँच लाख महिनाको खर्च हुन्छ । भूमिगत हुँदा छोराछोरीलाई कहाँको आम्दानीले कसरी पढाउनु भएको थियो ?”
मुख्य समाचारबाट थप समाचार
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७