TRENDING

थप १३९ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिवार ३ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

 

 

मुख्य समाचारबाट थप समाचार